वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

अर्थलगानी
२०८० चैत्र २७, मंगलवार

काठमाडौँ। प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार बैंकले आगामी वैशाख २० गते बिहिबारका दिन काठमाडौँको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना गरेको छ।

सभामा आव २०७९–८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै चालु आव २०८०र८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावका साथै सञ्चालकहरुको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ ।

सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आव २०७९–८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार बैंकले आगामी वैशाख २० गते बिहिबारका दिन काठमाडौँको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना गरेको छ। सभामा आव २०७९–८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै चालु आव २०८०र८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावका साथै सञ्चालकहरुको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ । सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आव २०७९–८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।