वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकले बोलायो साधारणसभा, मुख्य एजेण्डा लाभांश र मर्जर प्रस्ताव पास गर्ने

अर्थलगानी
२०८१ आश्विन २१, सोमबार

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सञ्चालक समितिको असोज २० गते बसेको बैठकले १८ औं वार्षिक साधारण सभा कात्तिक १२ गतेलाई बोलाउने निर्णय गरेको हो। निर्णय अनुसार सभा काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभाले मुख्य एजेण्डाको रुपमा गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ। त्यस्तै बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने मर्ज गर्न वा प्राप्ति (एक्विजिसन) गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जाने बाटो समेत खुला गर्ने जनाएको छ। यसका लागि सभाले उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याइन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याइनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
अन्य भने सभाका नियमित र अनिवार्य कार्यहरु हुनेछन्।

साथै सभाप्रयोजनार्थ बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी