वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु बैंक गण्डकी प्रदेशद्वारा ‘लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्र’ को उद्घाटन

अर्थलगानी
२०८१ चैत्र २६, मंगलवार

पोखरा । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्ता वर्गलाई लक्षित गरी ‘SME & Consumer Banking HUB Gandaki’ को स्थापना गरेको छ । यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उनले कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्‍याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए ।

SME & Consumer Banking HUB Gandaki मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ ।

उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुने बैंकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

SME & Consumer Banking HUB Gandaki मार्फत प्रदान गरिने प्रमुख सेवाहरू:

व्यवसाय तथा परियोजना ऋण

उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य)

वित्तीय परामर्श सेवा

द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी