वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

अर्थलगानी
२०८२ बैशाख ११, बिहीबार

काठमाडौँ। एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार बैशाख १० गतेबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हालेका छन्। तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ बर्षदेखि एनएमबि बैंकसँग आबद्ध रहेका थिए।

बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गरिसकेका उनी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए। उनले बैंकको सेवाविस्तार र सुधारमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।
उनकोयोगदानहरू बैंकको व्यापार,वित्त, क्रेडिट जोखिमव्यवस्थापन, रणनीतिक योजनानिर्माण र सञ्चालन सुधारकाकार्यहरूमा विशेष रूपले महत्वपूर्ण रहँदै आएका छन्।

उनले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवाविस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउन भएको छ। उनको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थपप्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको जनाएको छ ।

सिईओ घिमिरेले भने “मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशीवित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभाव शाली र अर्थपूर्ण बनाउनेछ। डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं।”

साथै, बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्। स्वदेशी तथा विदेशी बैंकहरुमा कार्य गरि कार्य अनुभव प्राप्त गरेका उपाध्याय अन्तराष्ट्रिय व्यापार तथा अन्तराष्ट्रिय सम्बन्धका साथै बैंकिङ्ग ब्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी