वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको नेतृत्वमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पुरा

अर्थलगानी
२०८२ जेष्ठ १, बिहीबार

गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रा लिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा बैशाख ३१ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

लगानी सम्झौता एमए पावर प्रा लिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड, सानिमा बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड तथा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको हो।

स्वपूँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ। साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक शेयरको ४९ प्रतिशत सम्म स्वपूँजी लगानी रहने कम्पनीका अध्यक्षले बताएका छन्। यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मेगावाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक ०१ गते विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताए। आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११।६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०र१३२ केभी मा जोडिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी