वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल बैंक : सुशासन, नवीनता र जिम्मेवारीको सशक्त मिसन

अर्थलगानी
२०८२ जेष्ठ २७, मंगलवार

काठमाडौँ । नेपालको बैंकिङ क्षेत्रको इतिहासमा नबिल बैंकको नाम अग्रणी र प्रेरणादायी रूपमा स्थापित छ। नीजि क्षेत्रको पहिलो बैंकको रुपमा ज्वाइन्ट भेञ्चरमा स्थापना भएर नबिल बैंकले कम्प्युटराइज्ड सफ्टवेयर, क्रेडिट कार्ड, डिजिटल बैंकिङ तथा आधुनिक वित्तीय उत्पादनहरू मार्फत नेपाली बैंकिङको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याएको छ। सुशासन, पारदर्शिता, कर्मचारी हित, लगानीकर्ताको प्रतिफल र सामाजिक उत्तरदायित्वमा नबिल बैंकले देखाएको अग्रसरता अहिलेका बैंकहरूको लागि मार्गदर्शक बनेको छ।यसरी स्थापना भएको बैंकले विभिन्न क्षेत्रमा पहिलोको उपाधि कायम राख्न सफल भएको छ, चाहे त्यो ग्राहकमैत्रि डिजिटल सेवामा होस् चाहे सरकारलाई कर तिर्ने विषयमा।

नबिल बैंक पहिलो ज्वाइन्ट भेञ्चर बैंक, पहिलो कम्प्युटराइज्ड लेखा प्रणाली, पहिलो क्रेडिट कार्ड सेवा, पहिलो अन्तर्राष्ट्रिय बैंकिङ सेवा र पहिलो डिजिटल बैंकिङ उत्पादनहरू ल्याउने कार्यमा नबिल सधैं अग्रस्थानमा रह्यो। यसले बैंकिङ क्षेत्रलाई व्यवस्थित प्रणाली र सुशासनमा आधारित बनाउने अभियान चलायो, जसको परिणामस्वरूप नबिलको प्रदर्शनमा स्थायित्व र विश्वसनीयता रह्यो।

सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने, कर्मचारीलाई सबैभन्दा बढी तलब सुविधा दिने र लगानीकर्तालाई उच्च लाभांश दिने बैंकको रूपमा नबिलले आफ्नो सामाजिक तथा आर्थिक जिम्मेवारीलाई सशक्त रूपमा निर्वाह गर्दै आएको छ। बैंकको ब्रान्ड, पोजिसन, सेवा गुणस्तर र नियामक निकायको नजरमा सुशासनमा आधारित संस्थाको रूपमा नबिल सधैं पहिलो रोजाइमा पर्छ।

सेवा विस्तार : ग्रामीणदेखि साना व्यवसायसम्म

विगतमा नबिल बैंक कर्पोरेट सेन्ट्रिक बैंकका रूपमा चिनिन्थ्यो। तर, पछिल्लो पाँच वर्षमा बैंकले आफ्नो रणनीति परिवर्तन गर्दै साना तथा मझौला व्यवसाय, कृषि र ग्रामीण क्षेत्रमा कर्जा विस्तारमा जोड दिएको छ। पाँच वर्षअघि ६५ शाखाबाट सुरु भएको यात्रा अहिले २६८ शाखामा पुगेको छ। तीमध्ये ३५ शाखा घाटामा भए पनि नबिल बैंकले दूरदराजका ग्रामीण क्षेत्रमा सेवा पुर्याउने जिम्मेवारीलाई प्राथमिकतामा राखेको छ। यसले समाजका सबै वर्ग र समुदायलाई वित्तीय पहुँच पुर्याउने लक्ष्यलाई मूर्तरूप दिएको छ।

शाखा विस्तारसँगै बैंकको लागत बढेको छ। मर्जर तथा एक्विजिसनबाट ल्याइएको पोर्टफोलियोलाई नबिल बैंकको स्ट्याण्डर्डमा ल्याउन चुनौतीपूर्ण यात्रा गर्नु परेको छ। सरकारको भुक्तानी ढिलाइ, ठेकेदारहरूको कालोसूचीकरण र खराब कर्जा वृद्धि जस्ता समस्याले बैंकलाई थप चुनौतीहरू थपेका छन्।

दीर्घकालीन सोच र नेतृत्व

नबिल बैंकको नेतृत्वले दीर्घकालीन बैंकिङमा जोड दिएको पाइन्छ । बैंक ठूलो हुनुको अर्थ जिम्मेवारी थपिनु हो।  नबिल बैंकले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने गरी जिम्मेवार निर्णयहरू लिनुपर्ने देखिएको छ । पछिल्लो समय  बैंकले सेयरधनीको नेटवर्थ वृद्धि, दीर्घकालीन प्रतिफल र पारदर्शी बैंकिङमा ध्यान केन्द्रित गरेको पाइएको छ ।

पछिल्लो पाँच वर्षमा बैंकले बोनस सेयर, नगद लाभांश र सेयर मूल्यमा सन्तुलन कायम गरेको छ। बजार मूल्यलाई दोस्रो प्राथमिकतामा राख्दै, सेयरधनीको वास्तविक सम्पत्ति वृद्धि र दीर्घकालीन प्रतिफलमा नबिलको ध्यान केन्द्रित छ। बैंकको नेतृत्वमा अनुभवी टिम, सक्षम सञ्चालक समिति र प्रुडेन्ट बैंकिङमा जोडले बैंकलाई दीर्घकालीन स्थायित्वमा पुर्याएको छ।

कर्मचारी, लगानीकर्ता र प्रतिस्पर्धा

बैंकमा कर्मचारी संख्या र खर्च बढेको छ भने बोनस र लाभांशमा प्रतिस्पर्धा बढेको छ। स्थायी कर्मचारी संख्या २४ सय नाघिसकेको छ। विगतमा १८/२० महिनासम्मको तलब बोनससहित पाउने कर्मचारी अहिले प्रतिस्पर्धा र नाफा संकुचनका कारण कम बोनसमा सीमित भएका छन्। बैंकले मापदण्डमा काम गरेर प्रतिस्पर्धी फाइदा लिने रणनीति अपनाएको छ।

 नियमन, कर, र बैंकिङ क्षेत्रको चुनौती

बैंकिङ क्षेत्रमा कडाइ, उच्च कर र सीमित नाफा मार्जिनका कारण नाफामा गिरावट आएको छ। राष्ट्र बैंकले शुल्क, कमिसन सीमित गर्दै, सेवा शुल्कमा कडाइ गर्दै, एनपीए (खराब कर्जा) को चाप बढाउँदै, बैंकहरूको नाफा संकुचन बनाएको छ। राज्यले बैंकलाई ३० प्रतिशत कर लगाएको छ, क्यापिटल गेन ट्याक्स, बोनसमा कर र अन्य करका कारण लगानीकर्ता निरुत्साहित भएका छन्।

बैंकलाई  नियामक निकायको निर्देशनअनुसार घाटामा रहेका शाखाहरू पनि सञ्चालन गर्नुपर्ने बाध्यता छ। नबिल बैंकले घाटा खाएर भए पनि ग्रामीण क्षेत्रमा सेवा पुर्याउने आफ्नो सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिएको छ। बैंकको ३५ वटा शाखा घाटामा छन्, जसबाट वार्षिक १२/१५ करोड रुपैयाँ घाटा हुन्छ। तर, बैंकले गाउँगाउँमा सेवा पुर्याउने जिम्मेवारीलाई  रूपमा स्वीकारेको छ।

सामाजिक सन्देश र बैंकिङको भूमिका

पछिल्लो समय राम्रो गर्ने, राम्रो कमाउनेलाई बदनाम गर्ने प्रवृत्ति समाजमा बढेको छ। सामाजिक सञ्जालमा इमोसन र एंगर बिकिरहेको छ। बैंकहरूलाई गाह्रो भयो भन्दै शाखा बन्द गर्दा, ग्रामीण क्षेत्रका नागरिक वित्तीय पहुँचबाट बञ्चित हुने खतरा छ। त्यसैले जिम्मेवार बैंकले घाटा खाएर भए पनि दूरदराजमा सेवा पुर्याउने जिम्मेवारीलाई स्वीकार्नुपर्छ। नबिल बैंकले साना व्यवसाय, कृषक र आम नागरिकसम्म सेवा पुर्याउने कामलाई गौरवको विषय मानेको छ।

दीर्घकालीन सोच र जिम्मेवार नेतृत्व

नबिल बैंकले आफ्नो अग्रणी स्थानलाई कायम राख्न सुशासन, पारदर्शिता, नवीनता र सामाजिक उत्तरदायित्वमा निरन्तर ध्यान दिइरहेको छ। बैंकिङ क्षेत्रका चुनौतीबीच पनि नबिल बैंक दीर्घकालीन सोच, जिम्मेवार नेतृत्व र समावेशी सेवाको नमुना बन्ने दिशामा अघि बढिरहेको छ। यही सोच, प्रतिबद्धता र कार्यशैलीले नबिल बैंकलाई नेपाली बैंकिङको पायोनियर बनाएको छ। आगामी दिनमा पनि नबिल बैंकले राष्ट्रको आर्थिक समृद्धिमा योगदान पुर्याउने सबै वर्ग र समुदायलाई सेवा पुर्याउने र दीर्घकालीन स्थायित्वमा उदाहरणीय संस्था बन्ने विश्वास गर्न सकिन्छ।

प्रतिस्पर्धा र भविष्यको चुनौती

बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको छ। केहि समय पहिला त बैंकिङ्ग क्षेत्रमा  ‘नम्बरको दौड’ चलेको थियो। ब्यालेन्ससिट ठूलो बनाउने, नाफा देखाउने र त्रैमासिक रूपमा सबैभन्दा बढी नाफा गर्ने होडले अस्वस्थ प्रतिस्पर्धा निम्त्यायो। तर नविलले भने आफ्नो प्रतिस्पर्धालाइ सधै स्वस्थ राख्यो। लामो रेसको घोडा जस्तो सहजतामा नमात्तिई र असहजतामा नआत्ति प्रस्तुत भईरह्यो। जसले गर्दा ग्राहकदेखि सरकारसम्मको दृष्टिमा बैंक सदैव विस्वासको बैंक बन्न सफल भयो। विस्वासमा चल्ने क्षेत्र बैंकमा विस्वास स्थापना हुनु एक सफल बैंकको उदाहरण हुन्छ। जसको उपाधि नविल बैंकले पाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी