काठमाडौँ। छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज फागुन २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ तर फागुन २४ गते सार्वजनिक विदा परेकोले आजसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्।
कम्पनीले चैत्र १० गते हेटौडाको होटेल सामनामा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८–७९ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र ३.२६ प्रतिशत नगद गरि कुल २५।२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
प्रतिक्रिया