वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लालीगुराँस सहकारी घोटाला: अध्यक्षसहित चार जना पक्राउ, सात अर्ब बढीको अपचलन

अर्थलगानी
२०८१ असार १७, सोमबार

काठमाडौँ  । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपियाँ अपचलन गरी फरार भएको आरोपमा पक्राउ गरेको छ।

चार हजार ५२८ बचतकर्तालाई ठगी गरेर फरार रहेको सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल, र सदस्य कदमबाबा जोशीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो  । उनीहरुलाई  उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा सहकारीको रकम हिनामिना गरी घरजग्गा, पशुपालन तथा दुग्ध प्रशोधन कम्पनीमा लगानी गरिएको पाइएको छ। सिइओ भण्डारीले दुई अर्ब रुपियाँको निजी सम्पत्ति जोडेको र महँगो गाडी तथा विलासी जीवन बिताइरहेको पनि खुलेको छ।

भण्डारीको स्वामित्वमा चितवनमा २० बिघा जमिनमा दुग्ध उत्पादन गर्ने लालीगुराँस डेरी फार्म तथा रिसर्च सेन्टर रहेको छ। प्रहरीका अनुसार, अन्य पाँच जना फरार रहेका छन् र उनीहरूको खोजी भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी