काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ। सीआइबीले संस्थाका कर्मचारी र सञ्चालक माथि अनुसन्धान सुरु गरेको हो।
सहकारीमा रकम अनियमितता भएको भन्दै सीआइबीमा निवेदन परेको थियो । संस्थामा साढे १२ करोड रुपैयाँ ठगी गरेको उजुरी सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता भएको थियो । संस्थाका अध्यक्ष कुम्भराज गुरुङले महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख ठगी गरेको गत साउनमा उजुरी दर्ता भएको थियो ।
प्रतिक्रिया