काठमाडौँ। सहकारीको ६ अर्ब रुपैयाँ ठगिको आरोपमा जेल जिवन विताईरहेका इच्छाराज तामाङले आफुविरुद्धको मुद्धा र्फिता लिए सबै पैसा र्फिता गर्ने बताएका छन्। सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका संस्थापक अध्यक्ष तामाङले हालै एक बयानमा यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘यदि सरकारले आफू, पत्नी र छोरीहरूमाथि लगाइएको ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन्छ भने, तीन वर्षभित्र सबै बचतकर्ताको पैसा फिर्ता गर्नेछु।’
सहकारीको समस्या समाधान गर्न सम्पत्ति बिक्री गरेर र ऋणी सदस्यहरूबाट कर्जा असुल गरेर सबै बचतकर्ताको रकम फिर्ता गर्ने उनले बताएका छन्। उनका अनुसार सहकारीको नाममा रहेको सम्पत्ति, जसको बजार मूल्य लगभग १९ अर्ब रुपैयाँ छ, त्यो बिक्री गरेर ६ अर्ब रुपैयाँको दायित्व पूरा गर्न सकिन्छ।
उनले सहकारी सञ्चालकलाई थुन्नु समस्याको समाधान नभएको समेत बताएका छन्। यदि यसरी सबैलाई थुन्ने हो भने तीन लाख व्यक्तिलाई थुनामा राख्नुपर्ने अवस्था आउने उनले बताएका छन्।
सिभिल सहकारीले १५०० भन्दा बढी बचतकर्ताबाट ५ अर्ब ७५ करोड रुपैयाँ ठगेको आरोप छ, र यस विषयमा सरकारले दुई पटक अभियोगपत्र दायर गरिसकेको छ। तामाङले भनेका छन् कि सहकारीको समस्याको समाधानका लागि उचित कदम चाल्न आवश्यक छ र यसका लागि सरकारसँग सहयोग मागेका छन्।
प्रतिक्रिया