वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कामना सेवा विकास बैंकको नाफा ६६ प्रतिशतले बढ्यो

अर्थलगानी
२०८१ श्रावण ९, बुधबार

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडको गत आर्थिक वर्षको नाफामा उल्लेख्य वृद्धि भएको छ। बैंकले सार्वजनीक गरेको गत आव २०८०/८१ को चौथौ त्रैमासिक प्रतिवेदन अनुसार बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हुन आउँछ। अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढेको कारण नाफालाई सहयोग पुगेको देखिन्छ अर्थात नाफामा पनि वृद्धि भएको छ। बैंकले समीक्षा अवधिसम्म खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढेको छ। अघिल्लो आवको चौथौ त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी यो गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद शुल्क र कमिशन आम्दानी पनि बढेको छ । खुद शुल्क र कमिशन आम्दानी २४ करोड १ँ६ लाख रुपैयाँबाट बढेर २६ करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि २१।२९ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको रिटेन्ड अर्निङ ५७८.३६ प्रतिशतले वृद्धि भएर ३५ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । बैंकले रिजर्भका आकार पनि १ अर्ब ४० करोड रुपैयाँबाट बढाएर १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिसम्म बैंकले ग्राहकहरुबाट ५९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप संकलन अघिल्लो आवको तुलनामा १०।४६ प्रतिशत र कर्जा प्रवाह ४।८८ प्रतिशतले बढी हो ।

बैंकले इम्प्येरमेन्ट चार्जको रुपमा ३० करोड ४० लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको सोही अवधिका लागि भने बैंकले ५२ करोड २६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्टाएको थियो । बैंकको खराब कर्जा अनुपात भने केहि बढेको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्म ३.०९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.२१ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य वृद्धि भएको छ । वितरणयोग्य मुनाफा ५ करोड २७ लाखबाट बढेर ३५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जुन ५७८.३६ प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्म बैंकको ईपीएसमा सुधार आएको छ । ईपीएस ११.०१ रुपैयाँबाट बढेर १८.३८ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४९.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.६३ गुणा र तरलता अनुपात २४.६९ प्रतिशत कायम भएको छ ।

 

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी