काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै प्रति सेयर १०० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
सभामा आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति लगायत अन्य महत्त्वपूर्ण प्रस्ताव पारित गरिए। यस अवसरमा बैंकको स्थापना र उन्नयनमा योगदान गर्ने ३० जना संस्थापक सेयरधनी र सञ्चालक सदस्यलाई विशेष सम्मान प्रदान गरियो।
सभाले बैंकको नवनिर्मित केन्द्रीय कार्यालय भवन, लाजिम्पाटमा स्थानान्तरण गर्ने प्रस्ताव पनि सर्वसम्मत रुपमा पारित गर्यो। बैंकले आफ्ना सेयरधनी र ग्राहकका लागि थप सेवा तथा सुविधासहित प्रभावकारी व्यवस्थापनमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया