काठमाडौँ। महालक्ष्मीविकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सोही अन्तर्गत बैंकको पालुङ्ग शाखाद्धारा थाहा नगरपालिका–११, देउराली, मकवानपुर स्थीत कालिदेवी प्राथमिक विद्मालयमा अध्ययनरत ८३ जनाविधार्थीहरु मध्ये ५५ जना विपन्नवर्गका विधार्थीहरु मान्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरु देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रुपमा असर पर्न गएकोले यस बैंकको पालुङ्गशाखा द्धारा मिति २०८१/०९/२७गते एक कार्यत्रमकाबीच ५५ थानपोलार ज्याकेट वितरण गरिएको छ ।
साथै सर्वोदय परियोजनानामक गैहृ सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहिन कलाकारहरुको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशिलतालाई प्रबद्र्धन गर्न आयोजित “क्भलकबतष्यल ग्लकभभल स् अदृश्य मोतीहरु” नामक कार्यक्रम सञ्चालन गर्नको निमित्त बैंकले आर्थिक सहयोग गरेको छ । यस कार्यबाट अपाङ्गताभएकाव्यक्तिहरुको प्रतिभा प्रस्तुतगर्न तथा समाजमाआफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाजनिर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिकउत्तरदायित्वकार्यहरुबाट समग्र आर्थिक तथा सामाजिकविकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षिततथा सहज डिजिटल बैंकिङ्ग सुविधाउपलब्ध गराउने बैंकको नितिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया