काठमाडौँ। कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बिक्रि प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त भएको छ। उक्त निष्कासन सम्बन्धि सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । बैंकको पूरक पुँजी बढाउने उद्देश्यले उक्त असञ्चिति अग्राधिकार सेयर जारी गर्न लागेको बैंकले जानएको छ । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । उक्त सेयरको लाभांश ९ प्रतिशत निर्धारण गरेको छ ।
प्रतिक्रिया