काठमाडौँ। कामना सेवा विकास बैंकले शुक्रवार कैलाली उद्योग वाणिज्य संघ अन्तर्गतका धनगढी स्थित उद्योगी व्यवसायीहरु विच बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंक विच रहेको दुरी घटाउने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा धनगढीका करिव १२० भन्दा वढि व्यवसायीहरुको सहभागीता रहेको थियो ।
पत्रकार महासंघ सुदुरपश्चिमका महासचिव शिवराजभट्टले उक्तकार्यक्रमको मध्यस्तता गरेका थिए भने उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढीका उपनिर्देशक हरिशचन्द्र ढकाल, कामना सेवाविकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए उमेश राज पाण्डेय र कैलालीउद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राजओझा वक्ताको रुपमा रहेका थिए।
उक्त कार्यक्रममा वोल्दै नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरिशचन्द्र ढकालले आर्थिक स्थायित्व, दिगो विकास र आर्थिक समुन्नतीको लागि दिर्घकाललाई सोचेर नेपाल राष्ट्र बैंकले आफ्ना नितीनियमहरु तय गर्ने तथा बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिने गरेको बताए।
व्यवसायीहरुका गुनासालाई सम्वोधन गर्दै उपनिर्देशक ढकालले बैंक तथावित्तीय संस्थाहरुसँगका केही गुनासाहरु भएमा नेपाल राष्ट्र बैंक समक्ष समेत गुनासा राख्न सकिने वताए।
एफसिए उमेश राज पाण्डेयले आर्थिक चक्रका हरेक चरणहरुमा बैंक र व्यवसायीहरु विच फरक मत रहने भएतापनी एक अर्काका परिपुरक समेत भएकोले आर्थिक अनुशासन कायम गरि व्यवसाय संचालन गर्दा बैंक र व्यवसायीहरु विचको सम्वन्ध सुधार हुनेवताए।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले अहिलेको अवस्थामा व्यवसायीहरुसँग छलफल गर्नको लागि बैंकहरुलाई अनुरोध गर्दा नमान्ने गरेको तर कामना सेवा विकास बैंकले यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै कोरोनाको अवस्थावाट व्यवसायीहरु उठ्न नसकेको हुँदा नेपाल राष्ट्र बैंक र बैंक तथावित्तीय संस्थाहरुले व्यवसायीलाई राहत हुने खालका योजनामा जोड दिन अनुरोध गरे।
साथै नियमनकारी निकायका विभिन्न नितीहरुले व्यवसायीहरु थप आक्रान्तवनेको तथा व्यवसायवाट पलायन हुन सक्ने भएकोले बैंकहरुले साना तथा मझौला व्यवसायीहरुलाई संरक्षण गर्नुपर्ने जिकिर गरे।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीहरुलाई असहज महसुस भएतापनी दिर्घकालमा यसले सकारात्मक प्रभावपार्ने बताउदै कामना सेवाविकास बैंकले व्यवसायीहरुका पिर मर्का वुझ्दै बैंकको कारोवार अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे।
उक्त कार्यक्रममा निर्माण व्यवसायी लक्ष्मण स्वार र किशोर ठकुराठी, सुनचाँदीव्यवसायी जगत सिजापती र कमल प्रसाद लामिछाने, यातायातव्यवसायीअनन्त राज जोशी, स्वास्थ्यतथा कृषीव्यवसायी विष्णु वुर्लाकोटी, ग्यास व्यवसायी छवी राज भट्टलगायतले नियमनकारी निकायको कडाई, कोभिड १९ पश्चातको कर्जा विस्तार,युवा जनशक्तीको विदेश पलायन लगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरु पलायनहुन सक्ने भएकोले नेपाल राष्ट्र बैंक तथावित्तीय संस्थाहरुले सो विषयम ाध्यानदिनुपर्ने बताए। बैंकले हालै मात्र चितवनका व्यवायीहरुबीच समेत यस्तै किसिमको कन्क्लेभ आयोजना गरेको थियो ।
प्रतिक्रिया