वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनीविक २०२५ को अवसरमा देशै भरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न

अर्थलगानी
२०८१ चैत्र ११, सोमबार

काठमाडौँ। महालक्ष्मी विकास बैंकले मिति गत चैत ४ देखी चैत १० गते सम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनीविक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, ¥याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस साताव्यापी अभियान अन्तर्गत यस बैंकका गंगबु, धनगढी, चन्द«निगापुर, दमौली, इटहरी, जनकपुर ,विरगंज, दमक, टिकापुर, महेन्द«नगर, बुटवल, लेकसाइड पोखरा, केन्द«ीय कार्यालय लगायतका विभिन्न प्रादेशिक कार्यालयहरुले विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिवि कासकालागि वित्तीय साक्षरताका कार्यक्रम, प्रभात फेरी कार्यक्रम सञ्चालन गरेको छ ।

देशभरी गरिएको कार्यक्रमहरुमा १२०० जना भन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको छ । साथै यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरुबाट समेत विभिन्न सचेतना मूलक जानकारीहरु पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ ।

यस कार्यबाट किशोर÷किशोरी तथायुवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षिततथा सहज डिजिटल बैंकिङ्ग सुविधाउपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी