वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रितालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

अर्थलगानी
२०८२ बैशाख २, मंगलवार

काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ । लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले पुर्याइ सकेका छन् । उक्त कार्यक्रममा पुनः तेश्रो पटक यस बैंकका्े लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले किर्तिमानी पर्वतारोही कामी रिता शेपालाई हस्तान्तरण गरे ।

किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक मा “निरन्तर सहयात्री” बनी आबद्घ छन् । उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१औं आरोहण गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी