काठमाडौँ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कात्तिक १४ गते साधारणसभा बोलाएको छ। कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बस्ने गरी सभा बोलाएको हो ।
सभामा कम्पनीको आव २०७९–०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९–०८० को वार्षिक वित्तीय विवरण (२०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत वार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूची समेत) छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।
साथै, सभामा संचालक समितिबाट रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि गरिएको २ जना संचालकको नियुक्तिलाई अनुमोदन गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभा प्रयोजनका लागि कात्तिक २ गते एक दिन सेयरधनी दर्ता किताब बन्द रहने छ । नेपाल धितोपत्र विनिमय वजन लिमिटेडमा कात्तिक १ गतेसम्म कारोबारमा रहेका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया