काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीले राजीनामा दिँदा उल्टै धम्की आएको बताएका छन। संयुक्त राजीनामा अभियानमा संलग्न एक कर्मचारीले आफ्नो नाम समेत नराखिदिने अनुरोध सहित व्यवस्थापक समूहको धम्कीले आफुहरु त्रासमा रहेको बताएका हुन।
‘कर्जा विभाग प्रमुख जगन्नाथ कुँईकेल, कानुन तथा अनुपालना बिभाग सहायक सरोज राज भारती लगायत सम्पुर्ण अनुगमन टोलीले व्यक्तिगत रुपमा हामीलाई धम्की दिईरहनु भएको छ।’ ती कर्मचारीले भने, ‘काम गर्ने वातावरण त दिईएन नै राजीनामा दिँदा समेत स्वीकृत नगरी उल्टै र्फिता लिन विभिन्न किसिमका धम्कीहरु आईरहेका छन्’ ।
वार्तामा बोलाई वातावरण सहज बनाएमा पुनः काममा फर्कने मनोशायमा आफुहरुको भए पनि व्यवस्थापन समूहले वार्ता तथा समस्या समाधान गर्नुको साटो उल्टै धम्काएको उनको भनाई छ ।
राष्ट्र उत्थानलाई प्राप्ती गरेपछि कर्मचारी व्यवस्थापन गर्न नसक्दा आशा लघुवित्तका कर्मचारीले आन्दोलनको तयारी सहित संयुक्त राजीनामा दिएका थिए।
शुक्रबार हेटौडामा २ सय कर्मचारी उपस्थित भई संयुक्त राजीनामा दिएका हुन। योसँगै व्यवस्थापक समूहले धम्काउन थालेको उनीहरुको भनाई छ।
प्रतिक्रिया