वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरएसडिसी लघुवित्तद्वारा ‘लघुवित्तको सफलताका लागि कर्मचारी सशक्तिकरण’ तालिम सम्पन्न

अर्थलगानी
२०८० फाल्गुन १३, आईतवार

काठमाडौँ। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तिकरण’ विषयक तालिम सम्पन्न गरेको छ।

संस्थाले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभाग अन्तर्गत कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ग्राहक संरक्षण कोष अन्तर्गत १ दिने तालिम गरेको हो।

उक्त तालिम बुटवल स्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलद्वारा प्रशिक्षित उक्त तालिम लघुवित्तको वर्तमान अवस्था र चुनौतीको सामना, असल ग्राहक सम्बन्ध र कर्जा व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, नेतृत्व विकास र बैंकिङ्ग कसुर र परिणामको विषयमा केन्द्रित रहेको थियो ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत विगत देखि नै आफ्ना साझेदार संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लक्षित गरी विभिन्न किसिमका तालिम कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ र भविष्यमा समेत यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तिकरण’ विषयक तालिम सम्पन्न गरेको छ। संस्थाले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभाग अन्तर्गत कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ग्राहक संरक्षण कोष अन्तर्गत १ दिने तालिम गरेको हो। उक्त तालिम बुटवल स्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलद्वारा प्रशिक्षित उक्त तालिम लघुवित्तको वर्तमान अवस्था र चुनौतीको सामना, असल ग्राहक सम्बन्ध र कर्जा व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, नेतृत्व विकास र बैंकिङ्ग कसुर र परिणामको विषयमा केन्द्रित रहेको थियो । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत विगत देखि नै आफ्ना साझेदार संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लक्षित गरी विभिन्न किसिमका तालिम कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ र भविष्यमा समेत यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।