काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन विकास लघुवित्तले २६ करोड ६५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म ३२ करोड ९२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १९ प्रतिशत कम खुद नाफा गरेको हो ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले बुधबार चालू आर्थिक वर्ष २०८० ०८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै यस्तो देखायको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३।२१ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी पनि ५१।१८ प्रतिशतले घटेको छ। यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी १.४६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९.०४ प्रतिशतले घटेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २४३ .५ रुपैयाँ छ।चालू आवको उक्त अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ६५ करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको वितरणयोग्य प्रतिशेयर आम्दानी ४८.६५ रुपैयाँ छ।
कम्पनीको जगेडा कोषमा १ अर्ब ९२ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा कम्पनीले १० अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड रुपैयाँ छ ।
प्रतिक्रिया