वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुराँस लघुवित्तको सिईओमा उपाध्याय नियुक्त

अर्थलगानी
२०८० जेष्ठ ४, बिहीबार

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदमा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संचालक समितिको मिति २०८० जेठ २ गते बसेको बैठकले मिति २०८० जेठ ३ गतेदेखि लागू हुने गरि आगामी ४ वर्ष अवधिको लागि उपाध्यायलाई नियुक्त गरेको हो ।

सिराहा जिल्ला, सिराहा नगरपालिका वार्ड नं १ स्थायी घर भई हाल नयाँ बानेश्वर, काठमाण्डौं बसोवास गर्दे आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उप प्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुर्दै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन् । व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको छ । धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं। ७ धनकुटा बजारमा केन्द्रीय कार्यालय र बुढीगंगा गाउँपालिका वडा नं. १ पुष्पलालचौक विराटनगर,मोरङ्गमा कर्पोरेट कार्यालय रहेको वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लाहरुमा ३३ वटा शाखा कार्यालय मार्फत २० हजार भन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदमा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संचालक समितिको मिति २०८० जेठ २ गते बसेको बैठकले मिति २०८० जेठ ३ गतेदेखि लागू हुने गरि आगामी ४ वर्ष अवधिको लागि उपाध्यायलाई नियुक्त गरेको हो । सिराहा जिल्ला, सिराहा नगरपालिका वार्ड नं १ स्थायी घर भई हाल नयाँ बानेश्वर, काठमाण्डौं बसोवास गर्दे आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उप प्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुर्दै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन् । व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको छ । धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं। ७ धनकुटा बजारमा केन्द्रीय कार्यालय र बुढीगंगा गाउँपालिका वडा नं. १ पुष्पलालचौक विराटनगर,मोरङ्गमा कर्पोरेट कार्यालय रहेको वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लाहरुमा ३३ वटा शाखा कार्यालय मार्फत २० हजार भन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।