काठमाडौं। अभियान लघुवित्तको वार्षिक साधारण सभा आज असार ६ गते बिहीबार बस्दै छ । सभा ताम्राकार पार्टी भेन्यु, पनौती न.पा वडा –४, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा यस कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ जेठ २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया