काठमाडौं । ग्रामीण विकास लघुवित्तले असार १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा, ग्रामीण विकास लघुवित्तको प्रधान कार्यालय बुटवलमा शनिबार बिहान ११ बजेबाट सुरुहुने भनिएको छ । यस बर्ष लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश भने नदिने जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले असार ३ गते बुक क्लोज गरिसकेको छ । असार २ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया