वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबि लघुवित्तको ११ औं वार्षिक साधारण सभा आज पोखरामा

अर्थलगानी
२०८१ असार २१, शुक्रबार

काठमाडौँ। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारण सभा आज पोखराको होटल बाराहीमा आयोजना गर्दैछ। सभा दिनको ११ः३० बजे सुरु हुनेछ।

सभामा निम्न विशेष प्रस्तावहरू पारित गरिनेछन्ः

संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी प्रबन्धपत्रको नियमावली संशोधन।
संस्थापक तथा सर्वसाधारणतर्फको सेयर संरचना परिवर्तन।
संञ्चालक समिति सम्बन्धी प्रबन्धपत्र संशोधन।
अन्य लघुवित्तसँग गाभ्नेरगाभिने सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान।
नियमनकारी नियकाटबाट निर्देशन प्राप्त भएमा सोही बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान।

सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ। साथै, चालु आर्थिक वर्ष २०८०८१ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

सभामा १ जना संस्थापक र २ जना सर्वसाधारणतर्फको सञ्चालकको निर्वाचन हुनेछ। स्वतन्त्र सञ्चालक तथा एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदन गरिनेछ।

साधारण सभा प्रयोजनका लागि संस्थाले असार ७ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी