वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सबैको र साधना लघुवित्तको एकिकृत कारोबार कहिलेबाट?

अर्थलगानी
२०८१ असार २४, सोमबार

काठमाडौँ। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको एकिकृत कारोबार असार ३० गतेबाट हुने भएको छ। दुई लघुवित्त मर्जरपश्चात‘सम्पदा लघुवित्त’ को नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन।

सम्पदता लघुवित्तको अध्यक्षमा हाल साधनाका अध्यक्ष कृष्ण बहादुर थापा रहने छन् । त्यस्तै सबैको लघुवित्तका हालका सीइओ केशव कुमार पौडेल सम्पदा लघुवित्तको सीइओ रहनेछन्। हाल साधनाको सीइओ रेशम न्यौपाने सम्पदा लघुवित्तको डेपुटी सीइओ रहने सम्झौता भएको छ।

दुवै कम्पनी १ः१ को स्वापमा मर्ज हुन लागेका छन्। मर्जरपछि बन्ने कम्पनीकोको केन्द्रिय हाल सबैको केन्द्रीय कार्यलय रहेको तनहूँको डुम्रेमा रहने छ ।

एकिकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले असार २९ गते दुवै संस्थाले प्रदान गर्ने सम्पूर्ण बैंकिंङ कारोबार बन्द रहने छ ।

यी दुई संस्थाको २०८० फागुन १९ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले २०८१ असार १३ मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी