वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मर्जरको प्रस्तावसहित श्रृजनशील लघुवित्तले बोलायो साधारणसभा

अर्थलगानी
२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ। श्रृजनशील लघुवित्त वित्तिय संस्थाले मर्जरको प्रक्रिया अगाडी बढाउने प्रस्तावसहित संस्थाको पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ। लघुवित्तले साउन ३२ गते विनायक होटल बर्दिवास, महोत्तरीमा बिहान ११ बजे सभा आह्वान गरेको छ।

सभाले श्रृजनशील लघुवित्त कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने तथा गाभिने तथा प्राप्ती वा समाहित मा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मुल्यकांक गर्न परामर्शदाता, मुल्यांकनकर्ता, लेखापरीषक तथा निजको पारिश्रमिक निर्धारण गर्न तथा अन्य वित्ती संस्थाहरुको शाखा खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसँग सम्बन्ध्ति आवश्यक कार्यहरु गर्नको लागी सञ्चालक समिितलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने भएको छ। अन्यथा कम्पनी ऐन अनुसार गर्नुपर्ने सम्पुर्ण कामबारवाहीहरु सभाले गर्ने छ। संस्थाले सर्वसाधरण शेयरधनीहरको तर्फबाट सञ्चालक समिितमा प्रतिनिधित्व गर्ने एक जना सदस्यको निर्वाचन गराउने छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी