वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्याेदय वोमी लघुवित्तले बोलायो साधारणसभा, मर्जर सहितका कस्ता छन् अन्य प्रस्तावहरु?

अर्थलगानी
२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ। सूर्याेदय वोमी लघुवित्तले संस्थाको १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको आज साउन १० गते बिहान बसेको बैठकले सभा आह्वान गर्ने निर्णय गरेको हो।

सभा यहि साउन ३२ गते लभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग, ललितपुरको लुभुमा बिहान साढे १२ बजेदेखि सुरु हुने भएको हो।

यस्ता छन् सभामा छलफलका विषयहरु
सामान्य प्रस्तावहरु
१.आ.व. २०७९।०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, २०७९ श्रावण १ गते देखि २०८० आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३.आगामी आर्थिक वर्षकालागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्तावहरु
१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम थप सार्वजनिक शेयर निष्काशन एफपीओ मार्फत थप भएको शेयर सहित कायम चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ को १४.००५१४३ प्रतिशतले हुने रकम रु १२ करोड ८२ लाख १० हजार ८ सय ५३.७२ बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा बोनस शेयर प्राप्त गर्न शेयरधनीहरुले लाभांश कर वापत नियमानुसारको रकम भुक्तानी गर्ने । एफपीओ निष्काशन भएको शेयरलाई चुक्ता पूँजीमा वृद्धि गर्ने एवं बोनस शेयरलाई अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजीमा वृद्धि गरी संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने । बोनश शेयर जारी गर्दा दशमलव पछिको शेयर अंकलाई पछि समायोजन गर्ने गरी यथावत कायम गर्ने ।

२. भविष्यमा अन्य लघुवित्त संस्थासँग मर्जर तथा प्राप्ती गर्ने प्रयोजनार्थ अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर प्राप्ती सम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने, गर्ने र मर्जर–प्राप्ती सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न, गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

३. नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने स्वीकृति बमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्वलाई प्रबन्ध पत्रमा संशोधन गरी पूँजी संरचना परिवर्तन गर्ने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी