काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। २०८१ श्रावण १६ गते बसेको सञ्चालक समितिको ११८ औं बैठकको निर्णय अनुसार, सभा २०८१ श्रावण ३२ गते जानकी फेमली होटल एण्ड पार्टी प्यालेस, मलंगवा, सर्लाहीमा बिहान ११ः०० बजेको लागि बोलाएको हो।
मुख्य छलफलका विषयमा जारी पूँजीलाई रु ४ करोड कायम गर्ने प्रस्ताव र कम्पनीको प्रवन्ध पत्रमा संशोधन गर्ने प्रस्ताव छन्। साथै, विविध प्रस्तावहरुमा पनि छलफल गरिनेछ। सभा प्रयोजनका लागि श्रावण २५ देखि ३२ गतेसम्म शेयर दाखिला खारेजी बन्द रहनेछ।
साधारण सभामा भाग लिनका लागि शेयरधनीहरुले परिचय खुल्ने प्रमाणपत्र अनिवार्य रुपमा ल्याउनु पर्नेछ। वार्षिक प्रतिवेदन र अन्य जानकारी वित्तीय संस्थाको वेबसाइट, सूचना पंटि, वा आधिकारिक फेसबुक पेजमा उपलब्ध गराइनेछ। प्रतिनिधि नियुक्त गर्ने शेयरधनीहरुले प्रतिनिधि नियुक्ति पत्र ४८ घण्टा अगावै बुझाउनुपर्नेछ। सभामा कुनै अन्य विषयमा छलफल गर्न ६७ प्रतिशत शेयरधनीहरुको स्वीकृति आवश्यक हुनेछ।
प्रतिक्रिया