काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने निर्णय गरेको छ। लघुवित्तले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्री गर्न लागेको हो, जसमा संस्थापक शेयरधनी, अन्य व्यक्ति, संस्था, वा कम्पनीले आवेदन दिन सक्ने छन्।
यसअघि, संस्थापक शेयरधनीहरुलाई ३५ दिनको समयावधि दिएको भए पनि आवेदन नपरेको कारण, लघुवित्तले अब उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बेच्ने जनाएको छ। सर्वसाधारण लगानीकर्ताले ७ दिनभित्र आवश्यक कागजात संलग्न गरी काठमाडौं १० बानेश्वरस्थित लघुवित्तको रजिष्टर्ड कार्यालयमा लिखित आवेदन दिन सक्ने छन्।
प्रतिक्रिया