काठमाडौँ ।इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७,८८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।कम्पनीले संस्थापक शेयरधनीहरूले मात्र खरीद मात्र खरीद गर्न सक्नेगरी शेयर विक्रीमा राखेको हो।
यदि ३५ दिनभित्र संस्थापक शेयरधनीहरूले शेयर खरीद नगरे, उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ। शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले नवलपरासीको गैंडाकोटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ, जसमा खरीद गर्न चाहेको शेयरको विवरण स्पष्ट उल्लेख गरिएको हुनुपर्छ।
प्रतिक्रिया