वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महुली लघुवित्तको नाफामा ५६.४७ प्रतिशत वृद्धि

अर्थलगानी
२०८१ श्रावण २८, सोमबार

काठमाण्डौ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाफामा ५६.४७ प्रतिशतले वृद्धि गरेको छ। गत आ.व.को चौथो त्रैमाससम्म संस्थाले ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आ.व को सोही अवधिमा ४ करोड ४१ लाख रुपैयाँ थियो।

नाफासँगै संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ। समीक्षा अवधिसम्म खुद ब्याज आम्दानी ५.८४ प्रतिशतले बढेर २७ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्म यो आँकडा २५ करोड ९८ लाख रुपैयाँ थियो। त्यसैगरी, संस्थाले ५ करोड १७ लाख रुपैयाँ बराबरको खुद शुल्क तथा कमिशन आर्जन गरेको हो।

यो अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी १.७३ प्रतिशतले बढेर ३३ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९ करोड ८७ लाख रुपैयाँ भएको छ।

संस्थाले चौथो त्रैमाससम्म कर्मचारीका लागि १७ करोड १४ लाख र अन्य सञ्चालनका लागि ४ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ। यस अवधिसम्म रिटेन्ड अर्निङ १ करोड ६४ लाख रुपैयाँबाट बढेर ९ करोड ४ लाख रुपैयाँ पुगेको हो । रिजर्भको आकार भने २६ करोड ६४ लाख रुपैयाँबाट घटेर २५ करोड ८९ लाख रुपैयाँमा पुगेको छ।

संस्थाको वितरणयोग्य मुनाफा ९ करोड ४ लाख रुपैयाँ र लाभांश क्षमता २८.०७ प्रतिशत रहेको छ। संस्थाले १ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

यस अवधिमा संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड २३ लाख रुपैयाँ छुट्टाएको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्म ४.९४ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात घटेर ३.९४ प्रतिशत कायम भएको छ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस १३।७१ रुपैयाँबाट बढेर २१.४४ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २०८.४० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५४४.७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६३ गुणा र तरलता अनुपात १२.६९ प्रतिशत रहेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी