वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा

अर्थलगानी
२०८१ पुष २२, सोमबार

काठमाडौँ  । आरम्भ चौतारी लघुवित्त संस्था लिमिटेडले  बोलायो साधारण सभा बोलायाको  छ ।  पुस २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारणसभा आगामी माघ १४ गते  काभ्रेको बनेपा पार्टी भेन्यूमा बिहान १० बजेबाट सुरु गर्ने निर्णय गरेको हो। सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने प्रस्ताव राखिनेछ।

यस पटकको साधारणसभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव छैन किनकि संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरिसकेको छ। सभामा लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, अन्य वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू पेश गरिने छन्।

साधारणसभाका लागि संस्थाले माघ २ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। यस आधारमा पुस २९ गतेसम्म कायम रहेका शेयरधनीहरूले सभामा भाग लिन र प्रस्तावित मुद्दाहरूमा मतदान गर्न सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी