वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उन्नति सहकार्य लघुवित्तले बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा

अर्थलगानी
२०८१ माघ २३, बुधबार

काठमाडौँ। उन्नति सहकार्य लघुवित्तको माघ २६ गते शनिबार वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन त्यसैले कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभा प्रयोजनको लागि कम्पनीले माघ १५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, माघ १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् ।
सभा, होटल सनस्टार इन्टरनेसनल प्रालि, भैरहवामा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी