काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको माघ २९ गते आज बिहान बसेको ३६६ औँ बैठकले रिक्त पदमा दुई सञ्चालक नियुक्ति गरेको हो। सञ्चालकमा आयुषी सापकोटा र शिवप्रसाद भट्टराई नियुक्त भएका हुन्। दुवै जनाले आजै पद बहालीसमेत गरिसकेका छन्।
प्रतिक्रिया