वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छः अध्यक्ष ढकाल

अर्थलगानी
२०८० मंसिर ११, सोमबार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन्। छैठौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

कोष स्थापना भएको ६ वर्षमा ४५ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको बताउँदै उनले कोष सबैभन्दा बढी रकम भएको संस्था बन्ने भन्दै त्यसको रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने धारणा राखेका हुन्।

‘४५ अर्ब रुपैयाँ फन्ड बैकमा राखेर हुन्न। कार्यविधि बनाएर यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ। ‍सामाजिक सुरक्षा कोषको स्थापना भएको भर्खरै ६ वर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले रकम संकलन गरिहरेको छ,’ उनले भने, ‘कोषले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण काम गरेको छ। यसको रकम उत्पादनमूलक क्षेत्रमा लगानी भयो भने देशलाई नै फाइदा हुन्छ।’

कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउँदै दुरदराजका विपन्न जनताको जीवनयापन सहजीकरणमा लगानी गर्न समेत सुझाव दिए।

ढकालले श्रम सम्बन्ध सुधार र श्रम क्षेत्रमा समस्या समाधान गर्नेतर्फ उल्लेखनीय सफलता प्राप्त गरेको बताउँदै लामोे छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानूनी र संस्थागत व्यवस्था भएको उल्लेख गरे।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन्। छैठौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन्। कोष स्थापना भएको ६ वर्षमा ४५ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको बताउँदै उनले कोष सबैभन्दा बढी रकम भएको संस्था बन्ने भन्दै त्यसको रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने धारणा राखेका हुन्। ‘४५ अर्ब रुपैयाँ फन्ड बैकमा राखेर हुन्न। कार्यविधि बनाएर यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ। ‍सामाजिक सुरक्षा कोषको स्थापना भएको भर्खरै ६ वर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले रकम संकलन गरिहरेको छ,’ उनले भने, ‘कोषले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण काम गरेको छ। यसको रकम उत्पादनमूलक क्षेत्रमा लगानी भयो भने देशलाई नै फाइदा हुन्छ।’ कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउँदै दुरदराजका विपन्न जनताको जीवनयापन सहजीकरणमा लगानी गर्न समेत सुझाव दिए। ढकालले श्रम सम्बन्ध सुधार र श्रम क्षेत्रमा समस्या समाधान गर्नेतर्फ उल्लेखनीय सफलता प्राप्त गरेको बताउँदै लामोे छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानूनी र संस्थागत व्यवस्था भएको उल्लेख गरे।