काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका नेकपा एमालेका पूर्वसांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय तोकिएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङलाई दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो।
अदालतले उनलाई एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउन र त्यति नै रकम जरिमानासमेत असुलउपर गर्नुपर्ने ठहर गरेको छ।
तामाङकी श्रीमती सिर्जना तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिमाना गर्नुपर्ने फैसला सुनाएको छ।
इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यत्ति नै जरिवाना असुल गर्नुपर्ने ठहर गरेको छ।
विशेषले इच्छाराज र सिर्जनाका छोरीहरु प्रतीक्षा र प्रतिष्ठालाई भने सफाइ दिएको छ। तर उनीहरू दुवैसहित इच्छाराज दम्पती र केशवलाल श्रेष्ठ र उनकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्नुपर्ने पनि फैसला सुनाएको छ।
प्रतिक्रिया