वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चन्द्र ढकाल नेतृत्वको एफएनसीसीआई प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेटवार्ता, के के भए कुरा?

अर्थलगानी
२०८० बैशाख ४, सोमबार

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्री डा. प्रकाश शरण महत समक्ष सोमवार मन्त्रालयमा बधाई भेटवार्ता गरेको छ ।

अध्यक्ष ढकालले सो अवसरमा नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण सिर्जित समस्याबाट गुज्रिरहेकाले समाधानका लागि ठोस पहल आवश्यक रहेको बताए।
विगतभन्दा यसपटक उद्यमी व्यवसायी र सर्वसाधारण पनि अर्थतन्त्रको अवस्था देखेर ससंकित भएको कारण बजारमा लामो मन्दीको अवस्था सिर्जना हुन सक्ने भएकाले अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने ढकालले बताएका हुन्।

अध्यक्ष ढकालले अहिले बंैकदर कम गर्नुका साथै अन्य उपकरणको प्रयोग गरि ब्याजदर घटाउनु पर्ने सुझाव दिए। बजारमा माग नहुदा निर्माण क्षेत्र, सवारी साधन विक्रि वितरण, घर जग्गा कारोबार, सेयर बजार लगायतका क्षेत्र आधा भन्दा कम क्षमतामा चलिरहेको र त्यसको प्रत्यक्ष प्रभाव राजश्व संकलनमा समेत देखिएको अध्यक्ष ढकालले बताए।

अव अवस्था सहज वनाउन सरकारले उत्पादन मुलक क्षेत्रमा लगानी बढाउने बातावरण वनाउनै पर्ने सुझाव अध्यक्ष ढकालले दिए।

अध्यक्ष ढकालले वाह्य लगानी ल्याउन प्रक्रियागत सुधार गर्नुपर्ने, कर्जा प्रवाह बढाउन पहल गर्नुपर्ने, पुजीँगत खर्च कटौती गर्नुपर्ने, विद्युत क्षेत्रमा सुधार गरिनु पर्ने, मूल्य नियन्त्रण गरिनुपर्ने र निर्यातलाई प्रोत्साहन गरिनुपर्ने सुझाव पेश गरे। यसैगरि चैत्र मसान्तसम्म रहेको करको मिसम्याचको म्याद थप गरिनु पर्नेमा माग राखे। साथै, अध्यक्ष ढकालले निजी क्षेत्रलाई सम्मान गर्ने परिपाटिको बिकास गर्नु पर्ने बताए।

सो अवसरमा अर्थमन्त्री डा महतले महासंघकातर्फबाट राखिएका सुुझावलाई कार्यान्वयन गर्न महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए। उनले व्याजदरको विषयमा राष्ट्र बैंक र बैंकर्स संघसंग सकारात्मक छलफल भएको जानकारी पनि गराउने बताए।

मन्त्री डा. महतले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने विश्वास दिलाए।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मन्दीको समयमा सरकारले खर्च बढाउनुपर्नेमा नियन्त्रण गरिएकाले समस्या समाधान नभएको वताए।

महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकाल सहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्री डा. प्रकाश शरण महत समक्ष सोमवार मन्त्रालयमा बधाई भेटवार्ता गरेको छ । अध्यक्ष ढकालले सो अवसरमा नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण सिर्जित समस्याबाट गुज्रिरहेकाले समाधानका लागि ठोस पहल आवश्यक रहेको बताए। विगतभन्दा यसपटक उद्यमी व्यवसायी र सर्वसाधारण पनि अर्थतन्त्रको अवस्था देखेर ससंकित भएको कारण बजारमा लामो मन्दीको अवस्था सिर्जना हुन सक्ने भएकाले अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने ढकालले बताएका हुन्। अध्यक्ष ढकालले अहिले बंैकदर कम गर्नुका साथै अन्य उपकरणको प्रयोग गरि ब्याजदर घटाउनु पर्ने सुझाव दिए। बजारमा माग नहुदा निर्माण क्षेत्र, सवारी साधन विक्रि वितरण, घर जग्गा कारोबार, सेयर बजार लगायतका क्षेत्र आधा भन्दा कम क्षमतामा चलिरहेको र त्यसको प्रत्यक्ष प्रभाव राजश्व संकलनमा समेत देखिएको अध्यक्ष ढकालले बताए। अव अवस्था सहज वनाउन सरकारले उत्पादन मुलक क्षेत्रमा लगानी बढाउने बातावरण वनाउनै पर्ने सुझाव अध्यक्ष ढकालले दिए। अध्यक्ष ढकालले वाह्य लगानी ल्याउन प्रक्रियागत सुधार गर्नुपर्ने, कर्जा प्रवाह बढाउन पहल गर्नुपर्ने, पुजीँगत खर्च कटौती गर्नुपर्ने, विद्युत क्षेत्रमा सुधार गरिनु पर्ने, मूल्य नियन्त्रण गरिनुपर्ने र निर्यातलाई प्रोत्साहन गरिनुपर्ने सुझाव पेश गरे। यसैगरि चैत्र मसान्तसम्म रहेको करको मिसम्याचको म्याद थप गरिनु पर्नेमा माग राखे। साथै, अध्यक्ष ढकालले निजी क्षेत्रलाई सम्मान गर्ने परिपाटिको बिकास गर्नु पर्ने बताए। सो अवसरमा अर्थमन्त्री डा महतले महासंघकातर्फबाट राखिएका सुुझावलाई कार्यान्वयन गर्न महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए। उनले व्याजदरको विषयमा राष्ट्र बैंक र बैंकर्स संघसंग सकारात्मक छलफल भएको जानकारी पनि गराउने बताए। मन्त्री डा. महतले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने विश्वास दिलाए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मन्दीको समयमा सरकारले खर्च बढाउनुपर्नेमा नियन्त्रण गरिएकाले समस्या समाधान नभएको वताए। महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकाल सहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।