धनगढी । विद्यार्थीले पढेर,सिकेर आर्जन गरेको सीपलाई सार्थकता प्रदान गर्न धनगढीको नेपाल वेस्र्टन एकेडेमीमा विएचएम फुड कुकिङ कम्पीटिसन सम्पन्न गरिएको छ । धनगढी सन्तोषी टोलमा रहेको नेपाल वेस्र्टन एकेडेमीमा होटेल म्यानेजमेन्ट बिषयमा स्नातक पढिरहेका ४ वटा सेमेस्टरको विद्यार्थीहरु विच फुड कुकिङ कम्पीटिसन गराइएको हो ।
फुड कुकिङ कम्पीटिसनमा सहभागि विद्यार्थीहरुले कलेजमा पढेका,सिकेका विभिन्न खानाका परिकारहरु बनाएका थिए । विद्यार्थीहरुले पढेर सिकेको सीपलाई प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए ।
शनिबार सम्पन्न फुड कुकिङ कम्पीटिसनमा विएचएम सेकेण्ड,फोर्थ,फिप्थ र सिक्थ सेमेस्टरको विद्यार्थी सहभागि भएका थिए । प्रतिस्पर्धामा नेपालको मौलिकता झल्किने खानाका परिकारहरु ढिँडो,सिस्नुको साग,तिलको अचार,लोकल कुखुराको मासु,सुकेको माछाको चटनी बनाउँदै विएचएम सिक्र्थ सेमेस्टर प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए । प्रतिस्पर्धामा नेपालको पूर्वदेखि पश्चिमका विभिन्न ठाउँमा पकाइने प्रख्यात खानाका परिकारहरु पकाएर प्रथम स्थान प्राप्त गर्न सफल भएको विद्यार्थी विवेक थापाले बताए ।
पढाइलाई भन्दा सिकाई र प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिइने होटेल म्यानेजमेन्टमा फुड कुकिङ कम्पीटिसनले विद्यार्थीको आत्मा विश्वास बढाउने,सिकेको सीपलाई प्रदर्शन गर्ने अवसर पाइने,प्रतिस्पर्धाको भावनाले विद्यार्थीलाई सिकाई प्रति उत्साहित बनाउने,विद्यार्थीमा सकरात्मक परिवर्तन आउने र विद्यार्थीको सिकाई परिक्षण हुने भएकाले फुड कुकिङ कम्पीटिसन आयोजना गरिएको विएच एम प्रमुख प्रमोद श्रेष्ठ बताए ।
पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त नेपाल वेस्र्टन म्यानेजमेन्ट कलेज सुदूरपश्चिम मै पहिलो होटेल म्यानेजमेन्ट कलेज हो । विगत १५ बर्ष देखि संचालित नेपाल वेस्र्टन कलेजमा हाल १२० जना विद्यार्थी होटेल म्यानेजमेन्टमा अध्ययनरत छन् ।
नेपाल वेस्र्टन एकेडेमीले सन् २०२३ मा जापानमा सम्पन्न अवार्डबाट नेपाल कै वेष्ट होटेल म्यानेजमेन्ट कलेजको उपाधी जित्न सफल भएको थियो ।
प्रतिक्रिया