वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्टार्टअप कर्जा

स्टार्टअप उद्यम कर्जामा १८३ परियोजनालाई एक करोड बढी रकम वितरण

अर्थलगानी
२०८१ असार १७, सोमबार

काठमाडौँ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १८३ स्टार्टअप परियोजनालाई सहुलियतपूर्ण कर्जा वितरण सुरु गरेको छ। राष्ट्रिय वाणिज्य बैंकमार्फत १९ व्यवसायीलाई एक करोड एक लाख ५० हजार रुपियाँ वितरण गरिसकेको हो ।

परियोजनाहरूलाई तीन प्रतिशत ब्याजदरमा कर्जा दिइएको छ। सरकारले चालु आवको बजेटमार्फत २५ करोड विनियोजन गरेको यो कार्यक्रम, स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अनुसार कार्यान्वयनमा आएको हो। कर्जा पाउने परियोजनामा कृषि, पशुपन्छी, डेरी, चिया, रोबोटिक्स, फेसन, सूचना प्रविधि, र मेटल उद्योगहरू छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी