काठमाडौं। नेपालमा पर्यटकलाई खर्च गर्न नदिने नीतिप्रति होटल व्यवसायी असन्तुष्ट भएका छन्। उनीहरूले नेपाल आउने पर्यटकले ल्याउन पाउने नगद सुविधाको सीमा हटाउन माग गरेका छन्।होटल संघ नेपालका पाँचतारे तथा चारतारे होटल समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै पर्यटकको खर्चमा सीमा नतोक्न व्यावसायीहरुले आग्रह गरेका हुन्।
हाल पर्यटकले दैनिक ३ सय डलरको सटही सीमा निर्धारण गरिएको छ, जुन कम भएको भन्दै पाँचतारे होटल व्यवसायीहरूले यो सीमा बढाएर एक पटकमा २ हजार डलरसम्म पुर्याउन आग्रह गरेका छन्।
होटल व्यवसायीले नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्ष २०८१८२ का लागि मौद्रिक नीति तयार गर्दा पर्यटकले दैनिक ३ सय डलरसम्मको सटही सीमा बढाउन आग्रह गरेका छन्।
उनीहरूले विदेशी ग्राहकको क्रेडिट कार्ड स्वाइप गरेर नेपाली मुद्रामा रकम दिन सकिने व्यवस्था माग गरेका छन्। यसले नेपालमा खर्च बढ्ने र राज्यलाई फाइदा हुने बताएका छन्।
होटल व्यवसायीले टपअप सुविधा सहित डलर क्रेडिट कार्ड उपलब्ध गराउन र आवश्यक कागजात सहित विवरण उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
सरकारले पर्यटकलाई खर्च गर्न नदिने नीति लिएको भन्दै होटल व्यवसायीले आलोचना गरेका छन्। विशेष गरी भारतीय पर्यटकको सटही सीमा बढाएर १ लाख रुपैयाँसम्म पुर्याउन पनि उनीहरूले माग गरेका छन्।
प्रतिक्रिया