काठमाडौं – साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले देशभरका दुर्गम जिल्लाहरूमा आयोडिन नुन ढुवानीका लागि ७.५ करोड रुपैयाँको ठेक्का १४ कम्पनीलाई दिएको छ। कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को लागि गरिएको यो ठेक्कामा मुस्ताङ, मनाङ, रुकुम, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, हुम्ला, दार्चुला, रोल्पा, र अछाम जिल्लाका विभिन्न स्थानहरूमा नुन पुर्याउन ठेक्का लागेको छ।
धौलागिरी कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स लगायतका कम्पनीहरूले १२ हजार क्विण्टल नुन ढुवानी गरेर १ करोड ९३ लाख रुपैयाँ लिनेछन्। अन्य कम्पनीहरूले पनि निश्चित जिल्लाहरूमा नुन पुर्याएर विभिन्न दरमा भाडा लिने कर्पाेरेशनले जनाएको छ।
प्रतिक्रिया