काठमाडौं – सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नवीकरणका लागि चार किस्तामा भुक्तानी गर्ने सुविधा दिएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले एनसेललाई पहिलो किस्तामा बिना अतिरिक्त शुल्क र बाँकी तीन किस्तामा १० प्रतिशत ब्याजदरमा भुक्तानी गर्ने निर्णय गरेको हो।
एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र भदौ १५ मा सकिन लागेको छ, र यसलाई नवीकरण गर्न सरकारले किस्ता सुविधासहितको निर्णय गरेको हो। एनसेलले एकैपटक सबै रकम तिर्न नसक्ने बताउँदै किस्ता सुविधाको माग गरेको थियो।
प्रतिक्रिया