काठमाडौं । निर्माण क्षेत्र चलायमान नहुँदा सिमेन्ट उद्योगहरू संकटमा परेका छन्। निजी क्षेत्र र सरकारी आयोजनामा निर्माण गतिविधि घटेपछि सिमेन्टको खपत कम भई उद्योगहरू क्षमताभन्दा कममा सञ्चालन भइरहेका छन्। सिमेन्ट उत्पादक संघका अनुसार, अहिले सिमेन्टको वार्षिक माग १० मिलियन टन मात्र छ, जसका कारण धेरै उद्योगहरू आर्थिक संकटमा परेका छन्।
हाल नेपालमा ६५ सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमा क्लिङ्करमा आधारित ४४ र चुनढुंगामा आधारित २१ उद्योग छन्। माग नबढ्ने हो भने सिमेन्ट उद्योगमा लगानी भएको ३ खर्ब रुपैयाँ जोखिममा पर्ने र एक लाख रोजगारी गुम्ने खतरा रहेको उद्योगीहरूले बताएका छन्।
सिमेन्ट उद्योगलाई जग्गा खरिदमा समस्या भइरहेको र निर्यात प्रोत्साहन रकम पनि समयमै नपाएको गुनासो गर्दै उद्योगीहरूले प्रोत्साहन बढाउन र जग्गा हदबन्दीमा छुट दिन माग गरेका छन्।
लेखकको बारेमा

प्रतिक्रिया