वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब बुद्ध एयरमा वाराणसी जान सकिने, सातामा तीन उडान सेवा

अर्थलगानी
२०८१ आश्विन २, बुधबार

काठमाडौँ। निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको धार्मिक नगरी वाराणसीका लागि आफ्नो तेस्रो नियमित उडान थपेको छ। यसअघि सातामा दुई उडान भर्दै आएको बुद्ध एयरले अब साताको सोमबार, बुधबार, र शुक्रबार गरी तीन उडान सेवा प्रदान गर्ने घोषणा गरेको छ।

कम्पनीले विज्ञप्तिमार्फत यात्रुको आवतजावतलाई सहज बनाउन थप उडानले महत्वपूर्ण सहयोग पुर्‍याउने उल्लेख गरेको छ। साथै, बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ, अयोध्या लगायतका गन्तव्यहरूका लागि विशेष होलिडे प्याकेजहरू उपलब्ध गराउँदै आएको छ, जसले धार्मिक पर्यटक तथा तीर्थयात्रुहरूलाई सघाउने अपेक्षा गरिएको छ।

काठमाडौँबाट वाराणसीको उडान समय ५० मिनेट मात्र रहेको छ। काठमाडौँबाट बिहान ७ः१५ बजे र वाराणसीबाट ८ः३० बजे उडान तोकिएको छ। सुरुआती एकतर्फी भाडा ११,३६० रुपैयाँ रहेको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरसँग हाल १८ विमानहरू रहेका छन्, जसमा दुईवटा एटिआर ४२ र १६ वटा एटिआर ७२ समावेश छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी