वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल

अर्थलगानी
२०८१ आश्विन ९, बुधबार

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।

मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन्। उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने बताए।

यसैगरि, साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरि सबै क्षेत्र अगाडि बढन नसक्ने पनि उनले बताए। साना उद्यमीको अधिकारको बिषयमा पनि सरकार र बिकास साझेदारले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

यसैगरि अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए। अध्यक्ष ढकालले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक बिकासका लागि सबैले पहल गर्नुपर्ने बताए।

साथै अध्यक्ष ढकालले मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको पनि बताए।

साथै, उनले नेपालले हालै लगानी सम्बन्धी आठ वटा कानुनहरू परिमार्जन भएको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिदैं लगानीको वातावरण निरन्तर सुधार भैरहेको समेत बताउनुभयो । उहाँले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी