काठमाडौँ । के.एल. दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगड सम्मानीत भएका छन्। अध्यक्ष दुगडलाई भारत जैन महामण्डलले भारतको मुम्बईमा २२ सेप्टेम्बर २०२४ का दिन भव्य कार्यक्रमको आयोजना गरी ‘जैन समाज रत्न’ पुरस्कारबाट सम्मानित गरेको छ ।
यो सम्मान भारतको लोकसभाका सम्माननीय सभामुख श्री ओम बिरलाले प्रदान गर्नु भएको थियो । यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एक मात्र नेपाली व्यक्तित्व हुनुहुन्छ । कार्यक्रममा सम्माननीय सभामुख, प्रधानन्यायाधीश धनन्जय चन्द्रचुड लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेष गरी जैन समुदाय भित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई दिइन्छ ।
सन् १८९९ मा स्थापना भएको भारत जैन महामण्डलले जैन समुदायलाई सामाजिक सेवाका लागि एकजुट गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया