वि.सं. २०८२ असार ४, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एफएनसीसीआईले बाढि प्रभावित प्रत्येक जिल्लालाई १/१ लाख दिने

अर्थलगानी
२०८१ आश्विन १५, मंगलवार

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ(एनएनसीसीआइ) ले बाढ पहिरो प्रभावितलाई सहयोग गर्ने भएको छ। यही असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत उपलब्ध गराउने निर्णय गरेको हो।

जिल्ला उद्योग वाणिज्य संघ मार्पmत अति प्रभावित जिल्लालाई एक÷एक लाख रुपैयाका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको हो। महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्पmत उक्त रकम राहतका लागि उपयोग गरिनेछ ।

यसका साथै विपदको यस समय आ आप्mनो तर्पmबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गरेको छ।
यसैगरि बाढि पहिरोका कारण यातायात अवरुद्ध भएको यस घडिमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघ आप्mना सम्पूर्ण सदस्यहरुमा आव्हान पनि गर्दछ ।

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघ आप्mना सदस्यहरुलाई आग्रह गर्दछ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी