वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

 क्रिकेटको चौकासँगै शिक्षाको उज्यालो यात्रा  एनसेल फाउन्डेसन 

अर्थलगानी
२०८१ चैत्र ७, बिहीबार

काठमाडौं,  क्रिकेटको रोमाञ्चकता मात्र होइन, अब हरेक चौका शिक्षाको उज्यालो झिल्को बन्नेछ । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) मा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरूलाई चार शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धतासहित आफ्नो अभियानलाई अघि बढाइरहेको छ ।

लुम्बिनी प्रदेशका विद्यार्थीहरूलाई सहयोग

यसैक्रममा मंगलबार लुम्बिनी प्रदेशका तीन विद्यालयका ४४६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कपिलवस्तु नगरपालिका–१० स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरुल उलूमका २६० विद्यार्थी तथा राप्ती सोनारी गाउँपालिका–४ को श्री बालकशान्ति प्राथमिक विद्यालयका १८६ विद्यार्थी लाभान्वित भएका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्काले विद्यार्थीहरूलाई स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका सामग्री हस्तान्तरण गरे ।

क्रिकेट र शिक्षाको संगम

एनसेल फाउन्डेसनले गत मंसिरमा एनपीएलका हरेक चौका बराबर चार शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको थियो । कम्पनीका प्रमुख कायुमोभले शिक्षामा पहुँच बढाउने उद्देश्यले थालिएको यो पहलले विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताए । उनले भने, “गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको अधिकार हो । हामी विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन पाउँदा खुसी छौं ।”

शिक्षा प्रवर्द्धनमा एनसेलको निरन्तरता

एनसेल फाउन्डेसनले हालसम्म एनपीएलमा हानिएका ६५३ चौकाको आधारमा २६१२ शैक्षिक सामग्री वितरण गरिसकेको छ । कपिलवस्तुका विद्यालयहरूले एनसेल फाउन्डेसनको फेसबुक पेज तथा नेपालगञ्ज कार्यालयमार्फत सहयोग अनुरोध गरेका थिए ।

क्यानका सचिव पारस खड्काले खेलकुद र शिक्षाको संयोजन गर्दै एनसेल फाउन्डेसनले उदाहरणीय काम गरिरहेको उल्लेख गरे । एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्काले शिक्षालाई प्रवर्द्धन गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

एनसेलको ‘हामी तपाईंकै लागि’ अभियानअन्तर्गत शिक्षाको प्रवर्द्धन गर्दै क्रिकेट र खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्य रहेको छ । भविष्यमै पनि सामाजिक कार्यलाई प्राथमिकता दिँदै समुदायहरूको समृद्धिमा सहयोग गर्ने एनसेल फाउन्डेसनको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी