काठमाडौं । शाओमीले रेडमी १०–२०२२ छुट मुल्यमा नेपाली बजारमा ल्याएको छ। जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा यो मोबाईल शाओमीले उपलब्ध गराएको हो।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरालाई मध्येनजर गर्दै रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्ने अपेक्षा गरिएको बताए।
रेडमी १० २०२२ मा ६.५ इन्चको एफएचडी प्लस डिस्प्ले रहेको छ, जसले प्रयोगकर्ताहरूलाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव प्रदान गर्दछ।
शक्तिशाली मिडिया टेक हेलियो जी ८८ प्रोसेसरद्वारा सञ्चालित, रेडमी १० २०२२ ले मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दै सहज र ल्याग–रहित प्रदर्शन प्रदान गर्दछ। ज्ञड वाट फास्ट चार्जिङ सपोर्ट रहेने यसमा शक्तिसाली छ,ण्ण्ण् मेगाहर्ज ब्याट्रीको साथ, प्रयोगकर्ताहरूले लगातार चार्ज नगरी विस्तारित उपयोगको मजा लिन सक्छन् ।
उपलब्धता
रेडमी १० २०२२ पेबल सेतो, कार्बन ग्रे, सी ब्लू गरी तीन रंगहरूमा उपलब्ध हुनेछ । यो ४ जीबि प्लत ६४ जीबी र ६ जीबी प्लस १२ जीबी गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
रेडमी १० २०२२ ४ जीबी प्लस ६४ जीबीमो वास्तविक मूल्य रु २०,४९९ र छुट मूल्य रु १९,९९९ रहेको छ ।
रेडमी १० २०२२ ६ जीबी प्लस १२८ जीबी वास्तविक मूल्य रु २३,९९९ र छुट मूल्य रु २२,९९९ रहेको छ ।
रेडमी १० २०२२ देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ, र छुट मूल्य जेठ २ देखि जेठ १७ सम्म मात्र उपलब्ध हुनेछ ।
स्मार्टफोन रेडमी १०–२०२२ अब छुट मूल्यमा
२०८० जेष्ठ ३, बुधबार

प्रतिक्रिया